जनमत पार्टीकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी



काठमाडौं। जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो ।

रायमाझीमाथि पर्सा जिल्लाकी आशा कुमारी चौहानले उजुरी दिएकी थिइन्। उजुरीमा उनले रायमाझीबाट साढे पाँच लाख रुपैयाँ सापटी दिएकी र सो रकमको चेक बाउन्स भएको उल्लेख गरेकी छन्। पैसा फिर्ता माग्दा नदिएको, साथै अन्य आरोपसमेत लागेको उजुरीमा उल्लेख छ।

उनी हाल फरार अवस्थामा रहेको जनाइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

प्रकाशित मिति : असार ८, २०८२ आईतबार  ४ : २९ बजे