एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।

आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : असार ११, २०८२ बुधबार  १० : ०० बजे