काठ्माण्डौ, एजेन्सि-
इजरायलमा संसदका लागि गत हप्ता भएको निर्बाचन परिणाम अनुसार त्यहाका कुनै पनि दललाई बहुमत हासिल नभए पछी इजरायली राष्ट्रपति रूभेन रिभ्लिनले नयाँ संयुक्त सरकार गठनको प्रयास थालेका छन ।
राष्ट्रपति रूभेन रिभ्लिनले प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्ससँग भेटघाट गरेर तेस्तो प्रयास थालेको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
राष्ट्रपतिले दुई प्रतिस्पर्धी नेतासँग गरेको छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्स बिचको छलफल पछी जारी गरिएको संयुक्त वक्तव्यमा प्रधानमन्त्री नेतन्याहु र ग्यान्ट्सले पनि नयाँ सरकार गठनको निम्ति वार्ता गर्ने सहमति भएको जनाएका छन्।
दुवै दलका वार्ताकारहरूबीच मङ्गलवार थप छलफल हुने बताइएको छ ।
यही बर्ष भएको अघिल्लो निर्बाचनमा कसैको बहुमत नआएपछि त्यहाँ गता हप्त मात्रै नयाँ निर्बाचन भएको थियो ।यो निर्बाचनमा समेत कुनै दललाइ बहुमत प्राप्त नभए पछी इजरायलामा थप राजनीतिक अन्योल बढ्ने सम्भाबना रहेको बताइएको छ ।
प्रधानमन्त्री बेन्जमिन नेतान्याहु इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहेका नेता हुन । उनले यस निर्बाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरे पनि उनको पार्टी ले ३१ सिट मात्रै हासिल गरे पछी नेतान्याहु पनि संयुक्त सरकार बनाउने कसरतमा जुटेका हुन ।एएफपि-
थप समाचार पढ्नुहोस्-
बहुमत प्राप्त नभए पनि इजरायली प्रधानमन्त्री नेतान्याहुले थाले सरकार गठनको प्रयास
इजरायलमा संसदका लागि मतदान जारी : प्रधानमन्त्री नेतन्याहूको के होला भबिष्य ?










