विशेष अदालतमा उपस्थित् भए मोहन बस्नेत,बयान जारी



काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित् भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत विशेष अदालतमा उपस्थित भएका हुन्।

अहिले अदालतमा उनको उनको बयान विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास (२) मा जारी छ ।

बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ ।

प्रकाशित मिति : असार १५, २०८२ आईतबार  १ : ५९ बजे