चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने



काठमाडौं । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् । यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानरु’पल शाह फिल्म्सु मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो ।

अञ्जना पुन एक स्थापित मोडेल हुन् । उनलेु’मिस मगर हङकङ ‘२०१४ रु’मिस हङकङ नेपाल २०२३ु जस्ता उपाधिहरू जितेकी छिन् । सन् २०२४ को ‘मिस नेपालु प्रतियोगितामा उनलेु’मिस रियल पपुलर च्वाइसु रु’मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्सु अवार्ड प्राप्त गरेकी थिइन् । मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन् । उनलेु’बधाई तिमीलाईु, ‘ना छोएर यौवन काटियोु,’मायालाई पाको पातु, ‘आगो लाग्योु,’ु१००५ सही होु, रु’आँखैले बोलनु जस्ता गीतहरूमा अभिनय गरिसकेकी छिन् । यीमध्ये केही गीतमा उनले पल शाहसँग पनि काम गरेकी थिइन् । अञ्जना पुन क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो चलचित्र दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामा को संयोजन हुनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो चलचित्र श्रावण महिनामा छायाङ्कनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।

पल शाहको लागि यो चलचित्र निर्माण क्षेत्रमा उनको पहिलो कदम हो भने विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो । यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  १० : १८ बजे