सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदित



काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीन जनाको नाम अनुमोदन गरेको छ ।

न्याय परिषदले सर्वोच्चको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम सोमबार अनुमोदन गरेको हो।

पोखरेल कानुन व्यवसायीबाट सिफारिस भएका हुन् भने पौडेल र थापा उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  १ : ४० बजे