यी हुन् कुलिङ पिरियडको चलखेल छानबिन गर्ने समितिका सदस्य



काठमाडौँ । कुलिङ पिरियडमा भएको गडबढीको छानबिन गर्ने ७ सदस्यीय संसदीय विशेष समितिका सदस्यहरूको नाम टुंगिएको छ।

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’मा भएको गडबढीको छानबिन गर्ने समितिमा रहने सदस्यहरूको नाम टुंगो लगाएका हुन्।

सभामुख देवराज घिमिरेलाई दलहरूले आफ्नो भागमा परेका सदस्यहरूको नामावली दिएका हुन्।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट १–१ जना सदस्य हुने सहमति दलहरूबीच छ।

नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट इश्वरी घर्ती र नारायण आचार्य समितिमा रहनेछन्। नेकपा ९माओवादी केन्द्र०बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य बन्ने भएका छन्।

संसदले उक्त समितिको कार्यादेश सार्वजनिक गरेको छैन। शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो।

समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  २ : ४४ बजे