काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल जारी छ।
प्रधानमन्त्रीको सरकारी निवासमा अहिले शीर्ष नेताबिच छलफल चलिरहेको छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी छन्।
ओलीले स्पेन भ्रमणको विषयमा कांग्रेसका नेताहरूलाई जानकारी गराउने र रसुवामा गएराति आएको बाढी र राहत तथा पुनस्थापनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।