प्रधानमन्त्री ओलीसहितको टोली रसुवाको बाढीपहिरो प्रभावित क्षेत्र प्रस्थान



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि प्रस्थान गरेको छ।

सोमबार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि प्रस्थान गरेका हून।

नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो।

प्रकाशित मिति : असार २४, २०८२ मंगलबार  ३ : ५९ बजे