निकट नेतालाई कारबाही भएपछि शेखर कोइराला समूहको बैठक, प्रतिबाद गर्ने तयारि



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : असार २६, २०८२ बिहीबार  १० : ०९ बजे