सार्क मन्त्रीस्तरीय बैठकमा पाकिस्तान र भारत बिच आरोप प्रत्यारोप :सार्कको भबिश्य अन्योलतातर्फ



न्युयोर्क –

न्युर्योकमा बिहीबार आयोजना गरिएको दक्षिण एसियाली सहयोग संगठन (सार्क)का परराष्ट्र मन्त्रीहरुको यसपालीको अनौपचारिक बैठक पनि भारत र पाकिस्तानको असहज सम्बन्धका कारण प्रभाबित भएको छ ।

सार्क मन्त्रीस्तरीय अनौपचारिक बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरलाई पाकिस्तानी विदेशमन्त्री साह मोहमद कुरैसीले बहिस्कार गरेका छन्।

सार्कको वर्तमान अध्यक्षको हैसियतले बैठकको अधयक्षता  नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताए

ज्ञवालीले भने “सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरिनहुने भएको छ । हाम्रो सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ” ।

यसै बिच उक्त बैठकमा पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले भारतीय विदेशमन्त्री एस जयशंकरलाई बहिस्कार गरेका छन् । भारतका विदेशमन्त्री एस जयशंकर त्यहाँ रहुज्न्जेल पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशी सार्क विदेश मन्त्रीहरुको बैठकमा गएनन् ।

उनि भारतिय बिदेश मन्त्री बैठकबाट निस्किए पछी बैठक स्थल पुगेका थिए ।बैठकमा भारत र पाकिस्तान दुबै देशका बिदेश मन्त्रीहरुले एक अर्का बिरुद्द कडा टिप्पणी गरेका थिए ।

भारत र पाकिस्तान बिचको असहज सम्बन्धकै कारण सार्कले गती लिन सकेको छैन ।सार्कका बैठक्, छलफल तथा अन्य प्राय सबै कार्यक्रमहरु अघाडी बढन सकेका छैनन ।

पछिल्लो समय बढेको भारत र पाकिस्तानबिचको तनाबले सार्कको भबिष्यलाई थप अन्योल बनाएको बिष्लेशकहरुले बताउने गरेका छन ।गत ५ अगस्टमा भारतले त्यहाँको संविधानको धारा ३७० खारेज गर्दै भारत प्रशासित जम्मू-काश्मीरको विशेष स्वायत्तता खारेज गरेपछि दुई देशबीच बढेको तनावले सार्क लगायत दक्षिण एसियाली क्षेत्रको स्थिरतामा जोखिम आउन सक्ने सम्भाबनाहरु औल्याइएको छ ।

प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार  ५ : ०३ बजे