काठमाडौँ-
केहि दिन एता सुनको मुल्य सामान्य रुपमा घट्दै आएको छ ।
आइतबार पनि सुनको मुल्य घटेको छ ।
शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । आइतबार सुनसँर्ग चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ८६० रुपैयाँले कारोबार भएको चाँदीको मूल्य आज घटेर ८४५ मा कारोबार भएको छ ।










