काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा भेटवार्ता गरेका कांग्रेसका ७ जना नेताहरुले आज सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
चाक्सीबारीमा बसेको बैठकले निकालेका निष्कर्षबारे जानकारी गराउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका हून् ।
सोमबार चाक्सीबारीमा छलफल गरेका उनीहरूले सभापति देउवालाई छलफलको निष्कर्ष सुनाउने निर्णय गरेका थिए।
७ जनामध्ये एक जना सभापतिमा साझा उम्मेद्वार बन्ने उनीहरुको तयारी छ । चाक्सीबारीको निश्कर्ष संविधान संशोधनको विषय पनि थियो । एमालेसँग भएको ७ बुँदे सहमतिबमोजिम संविधान संशोधन हुनुपर्ने उनीहरुको निश्कर्ष थियो ।
उनीहरुले कांग्रेसको १५औं महाधिवेशनको तयारी थालेका छन् ।उपप्रधानमन्त्री सिंहसहित नेताहरू मंगलबार बूढानीलकण्ठ पुगेर सभापति देउवासँग छलफल गरेका छन्।









