काठमाडौं । कार्यक्रममा सहभागी हुन गएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी कैलालीको लम्कीमा एकआपसमा ठोक्किएका छन्।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन गएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा परेका हून् ।
भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।









