रसुवा,-
रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी हुँदा १ करोड बराबरको क्षति भएको छ ।
स्टोरमा रहेका प्लाइउड, पिभिसी पाइप, बेडिङ लगायतका सामग्री जलेका छन् । सोमबार राति करिब ११ बजे भएकाे आगलागीले त्यहाँ करिब १ करोड रुपयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
आयोजनाका अनुसार राति साढे ११ बजे आगो नियन्त्रणमा आएको थियो ।विद्युत् सर्ट भएर आगलागी नभएको प्रारम्भिक अनुमान छ ।
छोटो समयमा नै आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुनबाट जोगिएको बताइएको छ ।










