काठमाडौं । नेकपा ९माओवादीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने भएको छ । सोमबार ९साउन १९० पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट उक्त पार्टीसँग एकता गर्ने निर्णय गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि मिति बनाएर वार्ता गर्ने निर्णय भएको बताए।
तेस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्पकासाथ अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताए ।बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टीलाई एकतावद्ध गर्ने चुनौती देखिएतापनि त्यसलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।
दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो । त्यो चुनौतीलाई हामीलाई जिम्मेवारीपूर्वक पूरा गरेको छौं र सामूहिक प्रतिवद्धता गरेका छौं । अझ सुदृढ एकताकासाथ सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रूपमा प्रतिवद्धता गरेका छौं ।’
उनले कुलिङ पिरियडको विषयमा जुन चलखेल र गल्ती भएको छ, त्यसका दोषीलाई कारवाही गर्नेगरी छानविन समितिले रिर्पोट ल्याउनुपर्ने बताए ।









