काठमाडौं । सांसदहरुले संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन भएको छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनिहरुलेले राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षप पछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले निजामती विधेयकमा षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरे ।
उनले भने, ‘यो संसदको गरिमा लागि पनि सत्ता र राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षपपछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछु ।’
तेरुतै सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने अन्य सांसदहरुले पनि निजामती विधेयकमा षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्ने माग गरे ।









