काठमाडौं । मिसेस एण्ड मिस डिसेबिलिटी क्वीन नेपाल–२०२५ को उपाधि जनकपुरकी लक्ष्मी सापकोटा र बर्दियाकी योसोदा बोहराले जितेका छन् । सापकोटाले मिसेस र बोहराले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् ।
ग्रिन आर्टस् मिडियाले राजधानीमा एक समारोह बिच आयोजित प्रतियोगीतामा धादिङकी गंगा पुरी फष्टरनर अप र भक्तपुरकी सुनयना कायस्थ सेकेन्ड रनरअप घोषित भए ।
अपाङ्गता भएका व्यक्तिहरुको क्षमता बिस्तार गर्ने र उनीहरुमा लुकेर रहेको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगीतामा आयोजिता आयोजना गरिएको ग्रिन आर्टस् मिडियाकी कार्यक्रम निर्देशक तथा कोरियोग्राफर अनिला श्रेष्ठले जानकारी दिइन् ।
करिब एक दर्जन उपविजेता छानिएको प्रतियोगीतामा बेष्ट हेयर बबिता फुयाल, बेष्ट स्माइल यसोधा बोहरा, मोष्ट ट्यालेन्ट सुनयाना कायस्थ, मस्ट डिसिप्लेन हिमा कुमारी लम्साल, बेष्ट स्क्रिन सुसान भण्डारी, मोष्ट फेन्ड्ली लक्ष्मी सापकोटा, मोष्ट फोटोजेनिक सिर्जना सार्की, मोष्ट ब्युटिफुल कुसुम कुमारी बम्जन, मोष्ट कन्फिडेन्ट पुनम भुजेल, बेष्ट पर्सनालिटी गंगा पुरी, मोष्ट हम्बल सृष्टिका नेपाली, मोष्ट सहासी योसोदा बोहरा, बबली पर्सनसालिटी सविना भट्टराई, बेष्ट पफमेन्स सोनी थापा, मोष्ट इन्सपाइरिङ सिर्जना भुषाल घोषित भए ।














