शिक्षामा भएको निजीकरण नियन्त्रण हुनुपर्छ : अध्यक्ष दाहाल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने ध्येयबाटै अहिलेको विद्यालय शिक्षा ऐन आएको दाबी गरेका छन् ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षामा निजीकरणको प्रक्रियालाई नियन्त्रण गर्ने र सार्वजनिक शिक्षालाई गुाण्स्तरीय बनाउने गरी शिक्षा विधेयक ल्याउन लागेको बताए ।

विद्यालय शिक्षा विधेयक अघि बढाउँदा पनि सार्वजनिक शिक्षाको गुणस्तरीयतामा जोड दिइएको बताए । ठूला पार्टीहरु निजीकरणलाई नियन्त्रण गर्नेकुरामा नरहेको र यो विडम्वनापूर्ण भएको जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘निजीकरणको जो प्रक्रिया छ त्यसलाई नियन्त्रण गर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउने किसिमले नै अहिलेको विद्यालय शिक्षा ऐनमा पनि, उच्च शिक्षा आयोगको प्रतिवेदनमा पनि यही कुरामा जोड गरिएको छ । विद्यालय शिक्षा विधेयक अघि बढाउँदै गर्दा हामीले यही प्रश्नमा केन्द्रित भएर त्यसमा गुणात्मक सुधार गर्ने केही प्रावधानहरु राखिएको छ । ठूला पार्टीहरु निजीकरणलाई नियन्त्रण गर्नेकुरामा नदेखिनु पक्कै पनि हामी सबैको निम्ति विडम्वना नै हो ।’

अध्यक्ष दाहालले निजी क्षेत्रका थुप्रै विद्यालयहरुले पनि राम्रो विकास गरेको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।

प्रकाशित मिति : श्रावण २२, २०८२ बिहीबार  ५ : ३५ बजे