कांग्रेस शीर्ष नेतृत्वसँग देउवा छलफलमा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग अहिले छलफल गरिरहेका छन् ।

बुढानिलकण्ठस्थित् आफ्नो निवासमा छलफल जारी छ ।

छलफलमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।

बैठकमा कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक जिम्मेवार ठहर गरेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबारे छलफल हुने बताइएको छ।

प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार  १ : ०८ बजे