काठमाडौं । हिमालयन आर्ट्स फेस्टिभल,२०२५ काठमाडौंमा शुरु भएको छ ।
एक कार्यक्रमबीच हिमालयन आर्ट्स फेस्टिभल,२०२५ शुरु भएको हो । प्रदर्शनी काठमाडौंको बबरमहलस्थित कला परिषद् (आर्ट काउन्सिल)मा शुरु भएको हो ।
प्रदर्शनीमा १२२ जना कलाकारहरुका कलाकृतिहरु रहेका इ.आर्ट्स नेपालकी को फाउण्डर सुजन श्रेष्ठले बताए । उनकाअनुसार अगस्ट ९ देखि शुरु भएको प्रदर्शनी १४ तारिकसम्म सञ्चालन हुनेछ ।
उनले भने, ‘यसमा प्रदर्शनीमा १२२ जना आर्टिस्ट हुनुहुन्छ । आजदेखि १४ तारिकसम्म चल्छ । बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म चल्छ । यो एक किसिमको उद्यमशिलता प्रोत्साहनको रुपमा रहेको छ ।’
उनले प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताए । प्रदर्शनी एक किसिमको उद्यमशिलता प्रोत्साहनको रुपमा सञ्चालन गरिएको उनले बताए। –न्युज एजेन्सी नेपाल














