काठमाडौं-
चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ।
चिनियाँ राष्ट्रपति सि चिनपिङ नेपाल भ्रमणमा आउनै लाग्दा भ्रमणको तयारी शुरु भए सगै चिनियाँ जहाज काठमाडौं आएको छ। चीनबाट आएको बोइङ ७४७–८०० विमान सहितको टोली झण्डै डेढ घन्टा विमानस्थलको निरीक्षणगरी चीन फर्किएको हो।
बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो।
उक्त जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका छन्।
सी असोजको २६र२७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति तोकेका छैनन्।










