वर्तमान राजनीतिक समिकरण ०८४ सम्मै जान्छ: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार २०८४ सालको निर्वाचनसम्मै जाने दोहोर्याएका छन् ।

प्रतिनिधि सभामो बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको आरोप समेत लगाए ।

देश र राजनीतिक स्थिरता लागि नभई व्यक्तिगत लाभका लागि प्रतिपक्षी दलहरुले अस्थिरताको पक्षपोषण गर्ने गरेको उनको भनाइ छ ।

उनले भने, ‘यस्तो अस्थिरताको पक्षपोषण केका लागि हो ? देशका लागि, राजनीतिक स्थिरताका लागि त पक्कै होइन, हुन सक्दैन । अस्थिरताको जतिसुकै चाहना राखेपनि अगामी ०८४ सालको निवाचर्नसम्म यही राजनीतिक समिकरण अगाडि बढ्छ । त्यहाँसम्मका लागि हामीले सहमति गरेका छौं ।’

ँउनले वर्तमान व्यवस्थाको रक्षा गर्नको लागि लोकतान्त्रिक पार्टीहरुले भूमिका खेल्नुपर्ने बताए । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार  ३ : ३६ बजे