विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक



काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ।

आज (बुधबार) बिहान युट्युबमा विष्णु माझीको नयाँ तीज गीत’ म त नराउरी’ सार्वजनिक भएको हो।

गीतमा सुन्दरमणि अधिकारीको रचना, संगित र निर्देशन रहेको गीतको भिडिओमा ललिता पौडेलको अभिनय रहेको छ ।

भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।

प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार  ४ : २५ बजे