चलचित्र ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक



काठमाडौं –

चलचित्र   ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्म कात्र्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ । कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई फिल्मले बिषय बनाएको निर्देशक राणाले बताए ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र किरण नेपालीको प्रस्तुतिमा दिपक मनाङ्गे र सरोज नेपालीले मिलेर बनाएक हुन् ।

सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ लगायत कलाकारको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर दर्शकमा उत्सकुता पैदा गर्ने खालको छ ।

 

प्रकाशित मिति : आश्विन १६, २०७६ बिहीबार  २ : १३ बजे