श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी



काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रशतसिंह भण्डारीले श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा प्रत्यके प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरुलाई सम्मान गर्दै उनले यस्तो बताएका हून् ।

उनले हरेक श्रमीकको जिम्मेवारी सरकारको भएको बताए ।

उनले श्रमीक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक स्वस्थ हुने जिकिर गरे ।

उनले सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

सरकार अहिले श्रम ऐन र विभिन्न टेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा रहेको पनि बताए ।

उनले भने, ‘हरेक श्रमीकको जिम्मेवारी हाम्रो हो । त्यो श्रमीक स्वस्थ भयो भने प्रतिष्ठान पनि स्वस्थ हुन्छ । मुलुक स्वस्थ हुन्छ । हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ । तपाईंहरुको प्रतिष्ठानले उदाहरणीय काम गर्नुभएको छ । तपाईंहरुको प्रतिष्ठानको उदाहरण मन्त्रालयले अरु प्रतिष्ठानले पनि गर्नसक्छ भनेर उदाहरण दिनसक्छ । आगामी दिनमा हामीले धेरै कुराहरु परिवर्तन गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मान्यताहरु अघि बढाउनुपर्ने भएको छ । हामी अहिले श्रम ऐन संशोधन गर्ने प्रक्रियामा छौँ, विभिन्न टेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा छौँ ।’

मन्त्री भण्डारीले श्रमीकको हितलाई मध्यनजर गरी सबैको हित हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए । –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  ३ : ५१ बजे