काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफूलाई इन्काउन्टर गर्ने थाहा पाएपछि गत चैत १५ गतेको घटनापछि भागेको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले तीनकुनेमा भइरहेको आन्दोलनका क्रममा एक जना सिभिल प्रहरीले आएर मार्ने योजना छ भनेपछि भागेको बताएका हुन् ।
उनले भने, ‘म शासकहरुलाई भन्छु– तिमीले मार्दैनौं भने म भाग्दिनँ । मेरो पालो आएको दिन तिमीहरु पनि भाग्न पाउँदैनौं । यो कुरा बुझ । मेरो समय आएको बेलामा । अहिले मेरो समय छैन । एक दिन नेपाली नागरिकको समय आउँछ, त्यसको नेतृत्व दुर्गा प्रसाईँले गर्छ ।’
उनले आफूलाई नमार्ने भए कहिले पनि नभाग्ने बताए । प्रसाईँले नेताहरुलाई चुनौति दिँदै आफ्नो हातमा शासन आएपछि कसैलाई भाग्न नदिने बताए ।









