काठमाडौं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने एजेण्डामा गीत रचना हुनुपर्ने बताएकी छिन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हून् । उनले अहिले तिज एउटा पर्वको रुपमा रहेको बताईन् ।
रिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरुलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पु¥याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा बढाउने गरी प्रचार गर्नुपर्ने जरुरी रहेको बताईन् ।
नरंकुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ ? के मौलिक अधिकार, के नागरिक अधिकारी पायौँ ? भन्नेबारेमा आम जनतालाई स्पष्ट पार्नुपर्ने बताईन् ।
उनले भनिन् ‘तिज अहिले एउटा पर्वको रुपमा छ । परिवर्तनको उपभोग गर्ने, परिवर्तनबाट प्राप्त गरेका कुराहरुलाई आम मासमा लैजाने, आम विद्यार्थीमा पु¥याउने र थप अधिकारका निम्ति समाजवादी बाटोमा अघि जाने अहिलेको एजेण्डामा गीत रचना हुनुपर्छ । निरंकुश राजतन्त्र कस्तो थियो र समावेशी लोकतान्त्रिक गणतन्त्रमा हामीले के पायौँ ? के मौलिक अधिकार, के नागरिक अधिकारी पायौँ । त्यो बारेमा स्पष्ट बुझाउनुपर्छ । ’
उपाध्यक्ष भुसालले तिज सबै जातजातिले मनाउने गरेको उल्लेख गरिन् । —न्युज एजेन्सी नेपाल









