काठमाडौं । संघीय निजामति सेवा विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको मंगलवारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रश्ताव प्रश्तुत गरिन् ।
विधेयकमाथिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री न्यौपानेले संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न संघीय निजामति सेवा ऐन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रशासनिक संघीयता बलियो नगरी संघीयतालाई संस्थागत गर्न नसकिने भएकाले ऐन लागु भएपछि कर्मचारी प्रशासन व्यवस्थित र प्रभावकारी हुने दाबि गरिन् ।
प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको छ । विधेयकमा राखिएको कुलिङ पिरियडमा प्रतिनिधिसभाले गरेको त्रुटि राष्ट्रियसभाले सच्याउदै विधेयक पारित भएको हो ।









