प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची



काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ।

आजको बैठकमा सभामुखले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यक्रम छ।

तभकतबष् प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट प्राप्त ‘जलस्रोत विधेयक’ टेबुल गर्ने र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभाबाट भएको संशोधनमाथि ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति : भाद्र १८, २०८२ बुधबार  ९ : ४५ बजे