काठमाडौं, १९ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।
दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि सक्रिय गर्ने सरकारको नीति रहेको छ । नेपालमा भाइबर, टिकटक, विटकजस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् ।
फेसबुक, ट्वीटर, वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा आएका छैनन् ।









