अफर नै अफरसंग टाटा मोटर्सको ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु



काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले दुईदिने विशेष अफर कार्यक्रम ‘प्रि-फेस्टिभ फियस्टा’ सुरु गरेको छ।

यो कार्यक्रम यही भदौ २० र २१ गते देशभरका टाटा शोरुममा सञ्चालन हुनेछ।

दुई दिने यस कार्यक्रममा ग्राहकहरूले टाटाका इलेक्ट्रिक तथा पेट्रोल र डिजेल गाडीहरूको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। प्रदर्शनीमा टियागो ईभी, पञ्च ईभी, नेक्सन केथ्री ईभी जस्ता इलेक्ट्रिक र टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसीई गाडीहरू उपलब्ध हुनेछन्।

कार्यक्रममा गाडी बुक गर्ने ग्राहकले लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र एक वर्षे सवारी कर, निःशुल्क बीमा तथा एसेसरिज, निःशुल्क होम चार्जर जडान लगायतका सुविधा पाउनेछन्।

यो योजनाले ग्राहकलाई आर्थिक लाभ मात्र नभई चाडपर्वको उत्साहसँग जोड्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : भाद्र २०, २०८२ शुक्रबार  ११ : १० बजे