चिनियाँ राष्ट्रपति सी काठ्माण्डौमा, राष्ट्रपती भण्डारिले गरिन स्वागत



काठमाडौं, २५ असोज –

चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागी काठ्माण्डौ आइपुगेका छन ।

। उनलाई त्रिभु्वन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।  शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् ।

चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।

राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु पनि विमानस्थल पुगेका छन् ।राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी प्रस्तान गरेका छन ।

केहीबेर होटलमा बिश्रामपछि दुई देशका राष्ट्रपतिबीच शितलनिवासमा भेट हुने कार्यक्रम छ ।राष्ट्रपतिद्वयबीच भेटघाट पछी पुन सोल्टी होटलमा फर्केपछी राष्ट्रपति सी को राजनितिक भेटघाट शुरु हुनेछ ।

होटल सोल्टीमै प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट पछी राष्ट्रपती सि उनको सम्मानमा आयोजना गरिएको राजकीय भोजमा सहभागी हुनेछन ।

 

प्रकाशित मिति : आश्विन २५, २०७६ शनिबार  १२ : ४० बजे