मंगलबार ५८ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो



काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ५८.६३ अंकले बढेर २६८२.२५ बिन्दुमा उक्लेको छ । कारोबार रकम भने घटेको छ ।

यस अघिको कारोबार आईतबार नेप्से परिसुचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको थियो ।

यस दिन पाँच अर्ब २९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार नौ अर्ब १७ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २।३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार १.८३ प्रतिशत बढे ।

आज २३८ कम्पनीको सेयरमूल्य बढेको छ भने १४ कम्पनीको सेयरमूल्य घटेको छ ।

प्रकाशित मिति : आश्विन ७, २०८२ मंगलबार  ४ : १५ बजे