काठमाडौं, २६ असोज –
चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् ।
चीनिया राष्ट्रपति सी लाईराष्ट्रपति भण्डारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरिन । यसैगरी चिनियाँ विशिष्ट अतिथिलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरे ।
चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो ।
राष्ट्रपती सि लाई नेपाली सेनाको एक टुकडीले सम्मानगारत सलामी प्रदान गरेको थियो ।
यसैबिच चिनियाँ राष्ट्रपति सि जिनपिङकाे नेपाल भ्रमणकाे अवसरमा नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भएको छ ।










