काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज सुनको मूल्य सात हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।














