काठमाडौँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ, जसको मौलिकता नै घरघरमा दिपावली गर्नु, बत्तीहरूले सजाउनु र घर उज्यालो बनाउनु हो।
दीपावली र बत्ती एकअर्काका परिपूरक भएकाले लक्ष्मीपूजाको साँझ नेपालमा विद्युत्को मागमा उल्लेख्य वृद्धि देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा ९सोमबार० साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेकोमा यस वर्षको लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो।
यस्तै, लक्ष्मीपूजाको दिन प्राधिकरणले एक हजार १५ मेगावाट बिजुली भारत र बङ्गलादेशमा निर्यात गरेको छ।














