काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।
सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर दुई हजार ९२० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।














