सोमबार सुनको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार  ११ : ०९ बजे