काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














