काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५.८० अंकले घटेर बन्द भएको छ ।आज नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेर २,५६०.२९ विन्दुमा बन्द भएको हो ।
कारोबार रकम पनि घटेको छ । यसदिन चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशत घटे ।पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल छन् । सिटीबाहेक अरु हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् ।
त्यस्तै उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रुरु जलविद्युतको ८.४५, धौलागिरी लघुवित्तको ५.६६ तथा उपकार लघुवित्तको ५.६३ प्रतिशत मूल्य घट्यो ।
आज ९१ कम्पनीको सेयरमूल्य बढेको छ भने १५१ कम्पनीको सेयरमूल्य घटेको र ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














