काठमाडौं –
सरकारले यही कात्तिक १३ गते अर्थात् भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिएको छ ।
सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यो जानकारी दिएका हुन् ।
नेवार समुदायले मनाउने किजापूजा १३ गते परेकाले बिदा दिइएको हो । काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्ने भन्दै कात्तिक १३ गते बिदा माग गरेको थियो ।
पञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।










