काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले विधानअनुसार अगामी पुस २८ गतेभित्र भित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेको हो ।
विशेष महाधिवेशन अभियानका नेतृत्वकर्ता गुरुराज घिमिरेले विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेका हुन् ।
उनले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा नीति–पुनरावलोकन, संरचनागत परिमार्जन र नेतृत्व परिवर्तनका लागि पौष २८ भित्रै विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरे ।‘यदि १५ औँ महाधिवेशन समयमा गर्न नसकिने हो भने सोही समयमा विशेष महाधिवेशन सम्पन्न गर्ने निर्णय होस् भन्ने हाम्रो माग थियो,’ घिमिरेले भने ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने ५५ प्रतिशत प्रतिनिधिको प्राथमिकता निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्ने रहेको घिमिरेले दाबि गरे ।










