सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं ।स्थानिय बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । बुधबार चाँदीको मूल्य तीन हजार २२० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार  ११ : ३१ बजे