सुनको मूल्य घट्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०८२ बिहीबार  ११ : ०१ बजे