पाकिस्तानि रेलमा आगो लाग्दा ६५को मृत्यु , ४२ जना घाइते



काठ्माण्डौ -,बिबिसिबाट-

पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ६५ जना मारिएको बताइएको छ।

पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।

घटनामा परी  कम्तिमा पनि  ४२ जना घाइते भएका छन्। तेजगाम एक्सप्रेसको कराँचीबाट रावलपिंडी गइरहेको रेलमा बिहीबार विहान आगलागी भएको बीबीसीले जनाएको छ।

पाकिस्तानी संचारमाध्यमले सिलिण्डर विस्फोट कारण आगलागी भएको जनाएका छन्।

रेल लियाकतपुरमा पुगेपछि भएको आगलागीमा रेलमा तीन वटा डिब्बा जेलेका छन्।

रेडियो पाकिस्तानका अनुसार घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुख व्यक्त गरेका छन्। उनले घाइतेको उचित उपचार गर्न निर्देशन पनि दिएका छन्।

रेल मन्त्री शेख रशिदले यात्री र रेलको बिमा भएको र जसका कारण आर्थिक क्षतिको क्षतिपूर्ति दिन सकिने जनाएका छन्।

उनले यो घटनाको छानवीन गरिने बताए।

प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार  ८ : ०४ बजे