कुपन्डोलमा रवि र बालेनबीच छलफल जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच छलफल जारी छ।

ललितपुरको कुपण्डोलस्थित बालेनका सल्लाहकार कुमार व्यञ्जनकारको घरमा दुईजनाबीच छलफल सुरु भएको हो ।

यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो ।

प्रकाशित मिति : पुस १०, २०८२ बिहीबार  १ : १२ बजे