काठमाडौँ । फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट समानुपातिक उम्मेदवारहरु बन्दसूचीमा परेका छन् ।
श्रेष्ठ पार्टीको आदिवासी जनजाति क्लस्टरबाट सिफारिस भएका हुन् ।
उनि बिगत लामो समयदेखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा बागमति प्रदेशको नेतृत्व तहमा रहदै आएका छन् । फिल्म क्षेत्रसँगै राजनीतिमा पनि सक्रिय उनी अहिले पनि लोसपाको बागमती प्रदेश इन्चार्ज छन् ।
अभिनेता समेत रहेका श्रेष्ठले रिच इन्टरटेनमेन्टमार्फत नेपाली सिने जगतमा ब्यबसायिक हिसाबले सफल चलचित्रहरुको वितरण गर्दै आएका छन् । श्रेष्ठ समाज सेवामा समेत सम्लग्न छन् ।














