सीमासम्बन्धी विषयहरु दुबै पक्षको आापसी सहमतिमा टुंग्याउनुपर्ने नेपाल सरकारको धारणा



काठमाडौं –

नेपाली भुभाग भारतको नक्सामा परेको भन्दै नागरिक स्तरमा बिरोध शुरु भएपछी सरकारले विज्ञप्ति जारी गर्दै सीमा सम्बन्धमा एकपक्षीय ढंगले गरिने कुनै पनि निर्णय सरकारलाई मान्य नहुने भनेको छ ।

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुबै पक्षको आापसी सहमतिमा टुंग्याउनुपर्ने  विज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्तिमा सरकारले भनेको छ, ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ ।’

मन्त्रालयको विज्ञप्तिमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्तआयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुबै देशका सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको पनि जनाएको छ ।

सरकारले सीमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रहरु बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा रहेको उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : कार्तिक २०, २०७६ बुधबार  १२ : १५ बजे