काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने उपभोक्ता कर्जामध्ये अटो लोन विशेष चर्चामा रहने गरेको छ। खासगरी सवारी साधन खरिदमा सहज पहुँच, प्रतिस्पर्धात्मक ब्याजदर र लचिलो भुक्तानी व्यवस्थाका कारण अटो लोन नेपाली नागरिकको रोजाइको वित्तीय आवश्यकता बन्दै गएको छ।
यही सन्दर्भमा, नबिल बैंक लिमिटेडले हाल ल्याएको ६.०४ प्रतिशत प्रति वर्षबाट सुरु हुने फ्लोटिङ ब्याजदर सहितको अटो लोन योजनाले अहिले धेरैको ध्यान तानिरहेको छ।
यो योजना केवल व्यक्तिगत सवारी खरिदमा सीमित नभई, देशको ऊर्जा नीति, वातावरण संरक्षण, पेट्रोलियम आयात न्यूनीकरण र समग्र अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ। त्यसैले नबिल बैंकको यो अटो लोन योजनालाई आजको राष्ट्रिय आवश्यकता बुझेर अघि बढाइएको वित्तीय उत्पादनका रूपमा हेर्न सकिन्छ।
नेपाल जस्तो विकासोन्मुख देशमा सवारी साधन विलासिताको वस्तु मात्र नभई, दैनिक जीवन, रोजगारी, व्यवसाय र सेवासँग प्रत्यक्ष सम्बन्धित साधन बनिसकेको छ। सार्वजनिक यातायातको सीमितता, भौगोलिक विविधता र समय व्यवस्थापनको चुनौतीका कारण निजी सवारी साधनको आवश्यकता झन् बढ्दो छ। तर अधिकांश नागरिकका लागि एकैपटक ठूलो रकम खर्च गरेर सवारी खरिद गर्नु सम्भव हुँदैन।
यस्तो अवस्थामा हाल संचालनमा रहेको नबिल बैंकको ६.०४ प्रतिशत प्रति वर्षबाट सुरु हुने फ्लोटिङ ब्याजदर सहितको अटो लोन योजना प्रभाबकारि बनेको हो
नबिल बैंकले नेपालि नागरिकहरुलाई प्रतिस्पर्धी ब्याजदर, लामो ऋण अवधि र पारदर्शी सर्तसहितको अटो लोन उपलब्ध गराउँदै समयसापेक्ष सुधार हुन नसकेको सार्वजनिक यातायातको झमेलापुर्ण यात्राको सहज बिकल्प दिएको छ ।
विद्युतीय सवारी प्रवर्द्धन र वातावरणीय योगदान
नबिल बैंकको अटो लोनको अर्को महत्वपूर्ण पक्ष भनेको विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नु हो। नेपालले जलविद्युत उत्पादनमा क्रमशः आत्मनिर्भरता हासिल गर्दै गएको सन्दर्भमा, विद्युतलाई यातायात क्षेत्रमा प्रयोग गर्नु रणनीतिक रूपमा पनि उपयुक्त देखिन्छ।
काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा बढ्दो वायु प्रदूषण आज गम्भीर चुनौती बनेको अवस्थामा विद्युतीय सवारी साधनलाई प्रोत्साहन र प्रवर्द्धन गर्नु पर्यावरण संरक्षणको व्यावहारिक समाधान हो। नबिल बैंकले विद्युतीय सवारी खरिदमा सहज कर्जा उपलब्ध गराउँदा नागरिकलाई वातावरणमैत्री विकल्प रोज्न प्रोत्साहन मिलेको छ।
नेपालको ठूलो व्यापार घाटाको प्रमुख कारणमध्ये एक पेट्रोलियम पदार्थको उच्च आयात हो। पेट्रोल र डिजेलमा निर्भर यातायात प्रणालीले विदेशी मुद्रा बाहिरिने क्रम बढाएको छ। विद्युतीय सवारीको प्रयोग विस्तार हुँदै गएमा पेट्रोलियम आयात क्रमशः घटेर विदेशी मुद्राको बचत र व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने आजको राष्ट्रिय आवश्यकता पुरा गर्न पनि नबिल बैंकको अटो लोन सहयोगि बनिरहेको छ ।
६.०४ प्रतिशतबाट सुरु हुने फ्लोटिङ ब्याजदर सहितको यो कर्जा योजना आजको राष्ट्रिय आवश्यकता बुझेर अघि सारिएको व्यावहारिक पहलका रूपमा लिन सकिन्छ। यदि यस्ता वित्तीय उत्पादनलाई दीर्घकालीन नीति र पूर्वाधार विकाससँग जोडेर अघि बढाइयो भने, नेपाल दिगो आर्थिक विकास र हरित अर्थतन्त्रतर्फ मजबुत रूपमा अघि बढ्न सक्छ।
यस दृष्टिले, नबिल बैंकको अटो लोन केवल बैंकको व्यावसायिक उत्पादन नभई, राष्ट्रिय अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सहयोग गर्ने वित्तीय पहलका रूपमा देखिन्छ।
विद्युतीय सवारीमा मत्रै नभई नबिल बैंकले अन्य व्यवसायिक अटो लोन पनि उपलब्ध गराउदै आएको छ । नबिल बैंकले दिने अटो लोनले हजारौं नेपाली नागरिकको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। सवारी साधनको पहुँचले काममा आवत–जावत सहज बनाउँने देखि साना व्यवसाय र उद्यम सञ्चालनमा सहयोगसँगैग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा व्यवसायिक सेवा विस्तार सम्भव बनाएको छ ।
विशेषगरी स्वरोजगार, सेवा क्षेत्र, ढुवानी तथा साना उद्यममा संलग्न व्यक्तिका लागि सवारी साधन आम्दानीको स्रोत पनि बन्ने भएकाले अटो लोनले रोजगारी सिर्जना र आय वृद्धिमा समेत योगदान दिएको देखिन्छ।
अटो लोन जस्ता बैंकिङ उत्पादनले सवारी खरिदसँगै इन्स्योरेन्स, कर, मर्मत, चार्जिङरइन्धन, स्पेयर पार्ट्स जस्ता सहायक व्यवसायहरू सक्रिय हुने भएकाले, मल्टिप्लायर इफेक्टमार्फत अर्थतन्त्र चलायमान हुने गर्दछ ।
समग्रमा हेर्दा, नबिल बैंकले हाल सञ्चालन गरिरहेको अटो लोन योजना नागरिकहरुको आवश्यकता मैत्रि त छदैछ सँगै बैंकिङ र समग्र अर्थतन्त्र सुदृढीकरणमा पनि योगदान पुर्याइएको छ।














